पूर्वराजा वीरेन्द्रको सालिक राखेपछि नेपालगञ्जमा झडप

काठमाडौँ । नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि झडप भएको छ  ।

हिन्दुवादी र राजावादीको समूहले झुक्याएर सालिक राखेपछि प्रहरीले लाठिचार्ज गरेको हो । लाठीचार्जपछि नेपालगञ्जको अवस्था अहिले तनावपूर्ण बनेको छ ।

 

हिन्दुवादी र राजावादीहरुको समूहले बीरेन्द्रचाेकमा नाराबाजी गरिरहेका छन् । २०६२/२०६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीहरुले वीरेन्द्र चोकमा रहेको पूर्व राजा वीरेन्द्रको पूर्णकदको सालिक तोडफोड गरी हटाएका थिए ।