घट्यो खाना पकाउने ग्याँसको भाउ

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यास सिलिण्डरको मूल्य समायोजन गरेको छ। निगमले मूल्य समायोजन गर्दै ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ।

अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए।  यस अघि उपभोक्ताले प्रति सिलिण्डर ग्यासको १ हजार ३ सय ७५ तिर्दै आएका थिए ।  नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि नै लागू हुने छ ।

केही दिनअघि आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि ग्यासमा ५० रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको थियो। मूल्य समायोजनपछि निगमलाई प्रतिसिलिन्डर ग्यासमा ६१ रुपैयाँ ५० पैसा नाफा रहने छ ।