न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प

काठमाडौँ । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।

शुक्रबार बिहान गिस्वार्नबाट उत्तर पूर्व १६९ किलोमिटर पर केन्द्रबिन्दू रहेको ७ं.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । भूकम्पपछि सुनामीको खतरा रहेको रेडियो न्यूजिल्याण्डले  जनाएको छ ।

तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ ।भूकम्पपछिको क्षतिको विवरण आएको छैन ।