प्रहरीले मध्यरातमा हटायो बिरेन्द्रको सालिक

काठमाडौँ । प्रहरीले  राजाबादी युवाहरुको समुहले बिहिबार नेपालगन्जको बिरेन्द्रचोकमा राखेको पूर्वराजा विरेन्द्रको  शालिक मध्यरातमा हटाएको छ । प्रहरीले राती २ बजे पूर्वराजा विरेन्द्रको शालिक हटाएर उक्त स्थानमा नेपालको राष्ट्रिय झन्डा राखेको छ।

यसअघि २०६२/०६३को जन आन्दोलनका क्रममा आन्दोलनकारीहरुले पूर्व राजा विरेन्द्रको शालिक तोडफोड गरेका थिए। त्यस पछि त्यहा नेपालको झण्डा नै राखिएको थियो ।

राष्ट्रिय झन्डा फेर्ने भनेर प्रहरीलाई झुक्काएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सर्मथक युवाहरूको समूहले राजा वीरेन्द्रको शालिक राखेका थिए। सालिक राख्ने क्रममा बिहिबार झडप समय भएको थियो ।