ताप्लेजुङमा पहिरो: एकै परिवारका ३ सहित ४ को मृत्यु

काठमाडौँ ।  ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका ३सहित चार जनाको मृत्यु भएको छ । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्‍याएको छ भने १० घर परिवार पूर्ण जोखिममा छन् ।  पुरिएर मृत्यु हुनेमा ताप्लेजुङ नगरपालिका २ की विमला मगर र उनका छोराहरु मनोज र ललित रहेका छन्  ।

त्यस्तै ताप्लेजुङ नगरपालिका–८ कि सुब्बेनी माइली भनेर चिनिने दिलकुमारी पालुङवाको पनि घर माथिबाट झरेको पहिरोमा परी मृत्युभएको छ । पालुङवाकी बहिनी कृष्णकुमारी घाइते भएकी छिन् ।  उनलाई उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको प्रहरीले जनाएको छ ।

पहिरो गएका विभिन्न स्थानमा अहिले प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी उद्धारमा खटिएको जिल्ला प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिएका छन् । दर्जैनौ स्थानमा पहिरो झरेका कारण मेचि राजमार्गको पाँचथर ताप्लेजुङ सडक खण्ड पूर्ण रुपमा अबरुद्ध भएको प्रहरिले जनाएको छ  ।