पहिरोमा पुरिएर दुई जनाको मृत्यु

काठमाडौँ । पहिरोमा पुरिएर भोजपुरमा दुई जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि गएको पहिरोका कारण भोजपुर कुलुङ– ६ जिमिगाउँका ५८ वर्षीय भरत राई र उनकी ५४ वर्षीया श्रीमती राममनी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुलुङ–९ स्थित जगतमान राईको घर पहिरोले पुरिएपछि सोही घरमा काम गर्ने राई दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यलय भोजपुरका अनुसार, पहिरोले क्षति पु¥याएको सूचनाका आधारमा कुलुङबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा पुरिएको घर उत्खनन् गर्दा राई दम्पती आज मृत अवस्थामा फेला परेका हुन् ।

पहिरोमा उनीहरुले पालेको दुईवटा गाई, दुईवटा बाछा र चारवटा भेडा समेत मरेका छन् ।