पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौँ । पहिरोमा पुरिएर स्याङ्जामा एकै परिवारका चारजनाको ज्यानको मृत्यु भएको छ। गएरातिको वर्षापछि घर माथिबाट खसेको पहिरोले केवरेभञ्ज्याङ–७ ताप्केमा एक घर बगाएको हो । पहिरोले पुरिएर ७८ वर्षीया चन्द्रकुमारी सारु, निजकी नातिनी ३० वर्षीया हुमकला मश्राङ्गी, हुमकलाकी छोरी सात वर्षीया पुनम मश्राङ्गी र १ वर्षीय छोरा मिलन मश्राङ्गीको मृत्यु भएको हो।

पहिरोमा पुरिएका शव निकालेर अहिले शवपरीक्षणका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रतर्फ ल्याइँदै गरेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले जानकारी दिएका छन् ।