क्रिकेट विवाद मिलाउन प्रधानमन्त्री र आईसीसीको टोलीबीच सहमति

काठमाडौँ । नेपालको क्रिकेट विवादलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहितको टोली सहभागी थियो । पछिल्लो समय देखिएको विवाद समाधानका लागि आइसिसीका कार्यकारी प्रमुख डेभिड रिचर्डसन, एसोसिएट्स देश हेर्ने कमिटिका प्रमुख इमरान खार्जुआ तथा आइसिसीका दक्षिण एसियाली डेभलपमेण्ट अफिसर अमर शेखसहितको टोली नेपाल भ्रमणमा छ ।

प्रधानमन्त्री र आईसीसीको टोलीबिचको भेटमा नेपाली क्रिकेटको विवाद समाधानका लागि  क्रिकेट बोर्ड बनाएर समाधान खोज्ने सहमति भएको छ । त्यसका लागि आज नै एक समिति गठन हुने छ, जसमा ५ देखि ७ जना सदस्य रहने छन् । समितिले निश्चित समयमा विवाद समाधान गर्न र  बोर्डको अवधारणमा छलफल गरेर सुझाव दिने  छ ।

आइसिसीको टोलीले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, राखेपका सदस्यसचिव केशवकुमार विष्ट लगायतसँग छलफल गरेको थियो । भेटमा प्रधानमन्त्री दाहालले क्रिकेट जस्तो लोकप्रिय खेलमा भइरहेको विवाद  समाधानका लागि जस्तोसुकै सहयोग गर्न पनि सरकार तयार रहेको बताएका थिए ।