न्युजिल्याण्डको क्राइस्टचर्चमा धुमधाम मनाइयो तीज

neujilland 2क्राइस्टचर्च न्युजिल्याण्ड

न्युजिल्याण्डको क्राइस्टचर्चमा बस्ने नेपालीले हरितालिका तीज धुमधामसंग मनाएका छन् । नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाइटी अफ क्यान्टवरीले हरितालिका तीजको अवसरमा नृत्य प्रतियोगितासहित दर विशेष कार्यक्रम आयोजना गरेको थियो । क्राइस्टचर्चको हवार्ड कम्युनिटी लाउञ्जमा भेला भएका नेपाली महिलाका विभिन्न ८ समूहबीच नृत्य प्रतिस्पर्धा भएको थियो । सोसाइटीले तीज, दशैं, तिहार तथा नेपाली नयाँ वर्षमा विशेष कार्यक्रम आयोजना गर्दै आएको छ । विदेशमा बसे पनि नेपाली परम्परा र संस्कृति अनुसार चाडपर्व मनाउन यस्ता कार्यक्रम संयोजन गरिएको सोसाइटीका अध्यक्ष सागर पाण्डेको भनाइ छ ।

 

तस्बिर: मनिस मल्ल