अनुगमनका क्रममा भेटिएका अखाद्य सामान नष्ट

काठमाडौँ  सरकारले बजार अनुगमनको क्रममा बरामद गरेको  करिब तीन करोड रुपैयाँ बराबरका अखाद्य सामान नष्ट गरेको छ । आपूर्ति मन्त्री दीपक बोहोराको उपस्थितिमा बल्खुस्थित सुन्दरीघाटमा ति सामान खाडलमा पुरेर नष्ट गरिएको हो । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा भेटिएका म्याद ग्रुजिएका, लेभल उल्लेख नभएका, उपभोग गर्न नमिल्ने एक लाख ३१ हजार अाइटमका नष्ट गरिएका हुन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपभोक्तासँग खेलवाड गर्ने व्यापारी-व्यावसायीहरुलाई कारबाही गर्न र बजारबाट अखाद्य सामान जफत गरी जलाउन निर्देशन दिएका थिए । अनुगमन टोलीले भाटभटेनी, सेलवेज, विगमार्ट, मेघामार्ट लगायतका डिपार्टमेन्ट स्टोरका केही शाखाहरुमा सिलबन्दीसमेत गरेको थियो ।