राजदुत नियुक्तिको बाटो खुल्यो

काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई नयाँ राजदूत सिफारिसको बाटो खुलेको छ । सर्वोच्च अदालतले राजदूत सिफारिस सम्बन्धी यसअघिको अन्तरिम आदेश खारेज गरे सँगै राजदुत नियुक्तिको बाटो खुलेको हो  ।

प्रचण्ड सरकारले ओली सरकारले नियुक्तिका लागि सिफारिस गरेका २१ मध्ये राजनीतिक आधारमा परेका १४ राजदूतको सिफारिस फिर्ता लिएको थियो । उनीहरुले सर्वोच्चमा रिट दायर गरेपछि निर्णय तत्काल अघि नबढाउन आदेश दिएको थियो । आज  सर्वोच्च अदालतका न्यायाधीशद्वय गोपाल पराजुली र डा. आनन्द मोहन भट्टराइको संयुक्त इजालसले आइतवार पूर्ववत अन्तरिम आदेश खारेज गरेको हो ।

सरकारले चीन र भारतका लागि राजदूत सिफारिस गरिसकेको छ भने अन्य मुलुकका लागि राजदूत सिफारिसको तयारी गरेको छ ।