एकाबिहानै भूकम्पको दुई धक्का

काठमाडौँ  । करिब डेढ महिनापछि आज एकाबिहानै भूकम्पको दुई धक्का गएको छ ।

बिहान ६ बजेर २२ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.१ रेक्टरको परकम्पन गएको थियो भने त्यसको सवा घण्टापछि ७ बजेर ४९ मिनेट जादा दोश्रो परकम्पन गएको हो । दोश्रो पटक गएको धक्का पहिलो भन्दा कडा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दोश्रो धक्का ४.५ रेक्टर स्केलको रहेको छ ।

भूकम्पको दोलखा आसपास र राजधानीमा समेत महशुस गरिएको थियो ।

bhukmap1