प्रधानमन्त्रीलाई थाईल्याण्ड भ्रमणको निम्तो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थाइल्याण्डका राजदूतले थाइल्याण्ड भ्रमणको निम्तो दिएका छन् । थाइल्याण्डमा आगामी अक्टुम्वर ८ देखि १० सम्म हुने एशियन कोअपरेटिभ समिटमा भाग लिन थाइल्याण्ड सरकारले प्रधानमन्त्रीलाई निम्तो गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्याण्डका राजदूतले प्रधानमन्त्री समक्ष  बैंककमा हुने दोस्रो समिटमा सहभागिताका लागि थाई सरकारका तर्फवाट निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् ।