‘रअ’का मान्छे भेटेको भनेर पित पत्रकारिता गरे- ओली

काठमाडौँ । स्वास्थ्य परीक्षणको लागि बैंकक गएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार स्वदेश फर्केका छन् । नेपाल फर्किए लगत्तै उनले सविधान संसोधनबारे आफ्नो पुरानो अडान दोहोर्याएका छन्   ।

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कसैले गर भन्दैमा संविधान संशोधन हुने होइन भन्दै  लहड र वहकावमा संविधानमा फेरबदल नहुने बताए । उनले संविधान संशोधनको आवश्यकता, औचित्य र कारणबारे सरकार नै स्पष्ट नरहेको बताउँदै भने  सरकारले संशोधन गर्नुपर्ने औचित्य र कारण स्पष्ट पार्नु पार्ने माग राखे  ।  उनले आफू अब स्वस्थ भएर फर्किएकाले देश र जनताको काम गर्दै संविधान कार्यान्वयनमा लागिपर्ने पनि बताए ।

फरक प्रसङ्गमा उनले आफू उपचारका लागि मात्रै बैंकक गएको बताउँदै पीत पत्रकारिता गर्नेले आफूलाई ‘रअ ’ का मान्छे भेट्न गएको भन्दै समाचार प्रकाशित गरेको बताए । उनले उक्त समाचार झुटो भएको पनि दाबी गरे ।

आश्रित विधेयकका सम्बधमा उनले सत्ता गठबन्धनलाई संकेत गर्दै भने “जसले त्यो ठिक छैन भन्यो त्यसैले अहिले ठिक छ भनेर ल्याउनु कतिको नैतिक हुन्छ ? गैर जिम्मेवार कामलाई हामीले प्रोत्साहित गर्दैनौं ।” ओली भदौ ९ गते श्रीमती सहित थाइल्याण्डको बैंकक गएका थिए ।