पुर्वमन्त्री गुप्ता फेरि पक्राउ

काठमाडौँ । पुर्व मन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन् ।  एक महिलालाई अपहरण गरी जबरजस्ती रकम असुलेको अभियोगमा उनी पक्राउ परेका छन् ।

ललितपुर प्रहरीले उनलाई तालसिखेलबाट सोमबार पक्राऊ गरेको बताएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीका अनुसार गुप्तालाई अपहरण तथा शरीरबन्धक मुद्दामा सोमबारै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको छ ।

उनलाई अदालतले चार दिन थुनामा राख्न आदेश दिएको छ।   व्यापारी पवन सांघाई अपहरण अभियोगमा पक्राउ परेर तीन वर्ष जेल बसेका गुप्ता गएको वर्ष साउन २ गते छुटेका थिए । गुप्ता पहिलो संविधानसभामा सभासद तथा पूर्व आपूर्ति मन्त्री हुन् ।