इन्सपेक्टर पक्राउ

काठमाडौँ । पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा एक जना प्रहरी निरीक्षक पक्राउ परेका छन्। भैसेपाटी प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक अनिल पण्डित पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक पण्डितको सहयोगमा म्यानपावर व्यवसायी तारा रेग्मीसँग गुप्ताले ५० लाख माग गरेको खुल्न आएको छ । अदालतबाट ११ महिना १० दिनको सजाँय पाएकी रेग्मीलाई मुद्दा मिलाइदिने भन्दै गुप्ताले ५० लाख माग गरेका थिए। रेग्मी पूर्व डिआईजी रन्जन कोइरालाकी कान्छी श्रीमती हुन्।
कोइरालाकी जेठी श्रीमतीको हत्यामा रन्जनलाई सघाएको भन्दै रेग्मीलाई अदालतले जेल सजाँय तोकेको थियो ।