सन्दिप लामिछानेलाई अस्ट्रेलियाली क्लबको निम्तो

काठमाडौँ । नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कको क्लबले प्रशिक्षणका लागि बोलाएको छ । क्लबले सन्दिपलाई  क्लार्कको एकेडेमीमा प्रशिक्षणका लागि बोलाएको हो । माइकल क्लार्क क्रिकेट एकेडेमीले पत्र पठाउदै सन्दिपलाई प्रशिक्षणमा सहभागी हुन र सन् २०१६–१७ को सिजनमा वेस्टर्न सब्रब्समा हुने माइकल्स प्रिमियर ग्रेड क्रिकेट क्लबबाट खेल्न आग्रह गरेको हो ।

सन्दिपको क्रिकेट क्षमता विकासका लागि क्लार्कले मदत गर्न चाहेको पत्रमा उल्लेख छ । आगामी सेप्टेम्बर २६ तारिखबाट सुरु हुने ५ दिने क्याम्पमा सहभागी हुन क्लार्कले विशेष अनुरोध गरेका छन् । उनले सन्दिप आफ्नो क्लबमा फिट हुने बताएका छन् ।  गएको मे महिनामा हङकङमा रहँदा क्लार्कले विश्वकप ट्वेन्टी–ट्वेन्टी प्रतियोगिताको उद्घाटन खेलको क्रममा सन्दिप लामिछानेको खेल अवलोकन गरेको र उनको उच्च क्षमता देखेपछि  प्रशिक्षणको लागि बोलाईएको पत्रमा उल्लेख छ ।

क्लार्कले सन्दिप आफ्नो क्लबमा फिट हुने बताएका छन् । पत्रमा अस्ट्रेलियामा धेरै नेपाली समुदाय भएकाले पनि सन्दिप नयाँ वाताबरणमा सहजै घुलमिल हुने बताईएको छ  ।  सन्दिपले पनि सामाजिक संजालबाट नै माइकल क्लार्कलाई धन्यबाद दिदै आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर रहेको बताएका छन्   ।  क्लार्क र सन्दिप २४ सेप्टेम्बरमा हुने पहिलो खेलमा संगै मैदान उत्रने छन् ।