शंकर पोखरेलबिरुद्द प्रहरीले उजुरी लिन नमाने छि अदालत जाने तयारी

प्रहरीले नेकपा एमाले नेता शंकर पोखरेलविरुद्ध जाहेरी दर्ता गर्न अस्विकार गरेको छ  । रंगभेदी ट्विट र मधेशी समुदायको अपमान गरेको आरोप लगाउँदै संघीय समाजवादी फोरम नेपालको युवा संगठनको जाहेरी प्रहरीले दर्ता  अस्वीकार गरेको हो ।

shankar pokhrel birudda ujuri

समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीको नेतृत्वमा गएको टोली  पोखरेललाई  साइबर क्राइम अन्तर्गत विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कारबाही गरी पाउँ भन्दै निवेदन लिएर महानगरीय प्रहरी परिसर टेकु पुगेको थियो। फोरमले पोखरेललाई पाँच वर्ष कैद सजायको माग गरेको थियो ।    सुवेदीले अब आफुहरु  परमादेशका लागि अदालत जाने  बताएका छन् । उनले भने ‘न्यायका लागि अदालतको ढोका जहिले नि खुल्ला हुन्छ’ ,  अब हामी अदालत जान्छौं’ ।