न्युटनलाई नेपाली वैज्ञानिक थापाको चुनौती, चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण

काठमाडौँ । युवावैज्ञानिक राजकुमार थापाले न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको भन्दै उक्त नियमलाई सच्याउनुपर्ने चूनौति दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले हरेक अवस्थामा बराबर र विपरित प्रतिक्रिया नहुने घट्नाहरुपनि ब्रम्हाण्डमा घटिरहेका हुनाले उक्त न्युटनको चालसम्बन्धीको तेस्रो नियममा त्रुटि रहेको र उक्त नियमलाई सच्याउनुपर्ने माग गरेका हुन् ।

नवलपरासी जिल्ला सेमरीस्थित् आदर्श ईंग्लिश बोर्डिङ् उच्च माविका विज्ञान शिक्षक समेत रहेका थापाले आफूले ८ महिना लगाएर अनुशन्धान गरेर उक्त निश्कर्ष निकालेको समेत दाबी गरे ।

उनले अघि थपे,‘मैले यसबारेमा ८ महिना लामो अनुशन्धान गरेको थिएँ, त्यसपश्चात् म नास्टको भौतिक विभागमा नियमित सम्पर्कमा थिएँ, उहाँहरुले पनि मेरो खोज तथा अनुशन्धानलाई स्विकार्दै अन्र्तराष्ट्रिय समूदायले मेरो कुरालाई मानेको खण्डमा नेपालले पनि मान्ने विश्वास व्यक्त गर्नुभएको छ, म पूर्ण आशावादी छु, विश्वले नै यो कुरा अति नै गम्भिरता साथ ग्रहण गर्नेछ ।’

थापाले उक्त सिद्धान्तमा रहेको त्रुटिबारे प्रकाश पार्दै प्रयोगात्मक विधिबाट गणीतीय हिसावले उक्त सिद्धान्तमा प्रशस्तै त्रुटि रहेको दाबी गरेका छन् । उनले आँफैले चाल सम्बन्धी नयाँ नियम अघि सारेका छन् । उनले अघि सारेको नियम यस्तो छ, ‘‘कुनैपनि पदार्थहरु एक आपसमा सम्पर्कमा आउँदा उनीहरुले दिने क्रिया र प्रतिक्रिया पदार्थको अवस्था र तीनीहरुको बनोटमा भर पर्छ ।’’ उनका अनुसार उक्त नियमले क्रिया र प्रतिक्रिया बराबर हुने र नहुने दुवै अवस्थालाई उल्लेख गर्दछ ।

यस्तो छ युवा वैज्ञानिक थापाले अघि सारेको अवधारणापत्र  

हामीले विज्ञान विषयमा प्रसिद्घ वैज्ञानिक सर आईज्याक न्युटनले प्रतिपादन गर्नुभएको चाल सम्वन्धि तेस्रो नियम पढ्दै र पढाउँदै आएका छौँ । यस सिद्दान्तलाई १७ औँ शताव्दीमा प्रतिपादन गरेका थिए र आजसम्म यस नियमलाई पढ्दै आईरहेका छौँ । यस नियमले के भन्छ भने यदि हामीले कुनै वस्तुमा वल लगायौँ भने प्रतिक्रिया अवस्य हुन्छ । प्रतिक्रिया विनाको क्रिया सम्भव हुँदैन । यस कारण क्रिया र विपरीत प्रतिक्रिया वरावर हुन्छ । उहाँको चाल सम्वन्धि तेस्रो नियम यस प्रकार छ । हरेक क्रियामा वरावर र विपरीत प्रतिक्रिया हुन्छ । अर्थात “In every action there is equal & opposite reaction. ”

जस्तै डुंगामा चढेर पानीलाई पछाडी धकेल्दा डुंगा अगाडि जानु, रकेट आकाशमा उड्नु आदि ।
यस विषयमा मेरो केहि गम्भिर चाँसो वढेको छ । अघि भनिएझै शव्द शव्दलाई केलाउने हो भने साघुरो अर्थ वा त्रुटिपुर्ण भएको स्पष्ट पार्न चाहन्छु ।

  • धेरै उचाइ माथिबाट गद्दामा हाम फाल्दा चोट लाग्ने सम्भावना कम हुन्छ । किनभने माथितिरबाट हाम फाल्दा गद्दामा वढी क्रियात्मक बल लाग्छ । तर गद्दाले दिने प्रतिक्रियात्मक बल कम हुन्छ । त्यसकारण चोट लाग्दैन । यस अवस्थामा फरक दिशामा लाग्ने यी दुई प्रकारका बल बराबर हुदैनन् भने हरेक क्रियामा वरावर र विपरीत प्रतिक्रिया कसरी हुन्छ ?

  •  तरल पदार्थमा कुनै वस्तु तैरिदा वस्तुले पानीमा क्रियात्मक बल दिन्छ र पानीले प्रतिक्रियाको रुपमा उध्र्वचाप माथितिर दिन्छ । र आंशिक रुपमा तैरिन्छ । अर्को रुपमा भन्दा तरलको र वस्तुको घनत्व वरावर हुन्छ । यो अवस्थामा वरावर र विपरीत प्रतिक्रिया त भयो । तर जब कुनै वस्तु तरल पदार्थमा डुब्छ, वस्तुले तरल पदार्थमा दिने वललाई क्रियात्मक बल र तरल पदार्थले दिने बललाई प्रतिक्रियात्मक बल मान्ने हो भने बराबर हुँदैन । यस आवस्थामा पनि हरेक क्रियामा बराबर र विपरित प्रतिक्रिया कसरी हुन्छ?

  •  जब चरा आकाशमा उड्छ त्यति खेर कुनै कारणले उसले पखेटा चलाउन छोड्यो भने त्यो चरा जमिनमै खस्छ किन भने गुरुत्वको प्रभावले चराले जमिन तिर दिने बल बढि हुन्छ तर हावाले माथितिर दिने उध्र्वचाप कम हुन्छ यतिखेर चराले दिने बललाई क्रियात्मक बल र हावाले दिने उध्र्वचापलाई प्रतिक्रियात्मक बल मान्ने हो भने असन्तुलन आउँछ र त्यसकारण चरा जमिन तिर खस्छ । यस अवस्थामा पनि यि दुई प्रकारका बलहरु बराबर हुदैनन् ।

  • जब हामी बालुवामा हिड्छौ वा साइकल चलाउछौं त्यती खेर हामीलाई अगाडि बढ्न अलि कठिन हुन्छ किन भने साइकल चलाउँदा वा हिड्न खाज्दा वालुवा तिर साइकलले वा खुट्टाले दिने क्रियात्मक बल बढि हुन्छ तर वालुवाले दिने प्रतिक्रियात्मक बल कम हुन्छ । त्यसकारण वालुवामा साइकल चलाउँदा वा हिड्दा गा¥हो हुन्छ । केही किताबमा भने खुट्टाले कम बल प्रयोग गरि पछाडितिर धकल्छ र वालुवाले पनि कम बल प्रतिक्रियाको रुपमा दिन्छ भनिएको छ । तर वास्तवमा त्यस्तो होइन किन भने कुनै व्यक्तिलाई आखाँमा पट्टी बाधेर जमिनमा र वालुवामा हिँड्छ भने बालुवामा कम बल प्रयोग गरि पछाडि धकेल्छु भनेर हिड्दैन उसले त स्वभाविक रुपमा नै वालुवामा पनि जमिनमा जत्तिकै बल दिन्छ तर फलस्वरुप कम प्रतिक्रिया पाउँछौँ । यो अवस्थामा पनि हरेक क्रियामा बराबर र विपरित प्रतिक्रिया कसरी हुन्छ ?

  •  मानौ कुनै एउटा ज्ञण् ल् को वस्तु टेबलमा स्थिर अवस्थामा छ । यतिखेर वस्तुले टेबलतिर क्रियात्मक बल दिन्छ र टेबलले पनि वस्तुतिर त्यती नै बल दिन्छ र सन्तुलित अवस्थामा रहन्छ । तर यदि त्यहि टेबलमा भारी वस्तु राख्ने हो भने टेबलले आफ्नो सन्तुलन गुमाई भाँच्चिन पनि सक्छ, किन ? किनभने वस्तुले टेबलमा दिने क्रियात्मक बल र टेबलले वस्तुमा दिने प्रतिक्रियात्मक बलमा असन्तुलन आउँछ ।

  • अघि भनिएको अवस्थामा क्रिया र प्रतिक्रिया बराबर नहुनुमा घर्षण,पदार्थको अवस्था नै प्रमुख कारण हुन् । अव हामीले हरेक क्रियामा वरावर र विपरीत प्रतिक्रिया हुन्छ भनेर कसरी मान्न सकिन्छ ? हामीले पढ्ने गरेको न्युटनको तेस्रो नियम क्रिया र प्रतिक्रिया बराबर हुने अवस्थाको उदाहरण दिएर एकोहोरो रुपमा मात्रै परिभाषित भएको छ । तर क्रिया र प्रतिक्रिया बराबर नहुने अवस्थाहरु पनि थुप्रै छन् । जुन मैले उल्लेख गरि सकेको छु । यी कुराहरु वारेमा व्याख्या गरेको पाईदैन । यस्ता घटनाहरु हाम्रो ब्रह्माण्डमा थुप्रै भैरहेका हुन सक्छन् जसलाई ख्याल गरेका छैनौँ । न्यूटनको चाल सम्बन्धि तेस्रो नियम सबै ठाउँमा नलाग्न सक्छ जुन कुरा प्रष्ट भै सक्यो । यो एउटा गम्भिर समस्या विषय वन्न सक्छ । यस तथ्यहरु विधार्थीहरुले पढिसकेपछि संसारभर यहि प्रश्न सोधेभने के जवाफ दिने ? यदि यी कुराहरुलाई लुकाएर किताबमा मात्र घोकाउने हो भने विज्ञानलाई वृहत रुपले बुभ्mन खोज्ने मस्तिष्कहरु संकुचित हुन्छन् । बरु यसलाई परिमार्जन गरेर हामी यसो भन्न सक्छौँ ।

    य कुनै पनि पदार्थहरु एक आपसमा सम्पर्कमा आउँदा उनीहरुले दिने क्रिया र प्रतिक्रिया पदार्थको अवस्था र तिनीहरुको बनोटमा भर पर्छ ।

    यो सिद्धान्तले क्रिया र प्रतिक्रिया बराबर हुने र नहुने दुवै अवस्थालाई उल्लेख गर्दछ । र न्युटनको चाल सम्वन्धि तेस्रो नियमले समेट्न नसकेको कुरालाई पनि व्याख्या गर्न सक्छ । त्यसकारण राष्ट्रिय र अन्तराष्ट्रिय वैज्ञानिक संस्थाहरुले नै सम्वोधन गर्न जरुरी देखिन्छ ।