लेखनाथमा पहिरोले पुरिदा ४ जनाको मृत्यु

काठमाडौँ । कास्कीको लेखनाथमा पहिरोले पुरिदाँ ४ जनाको मृत्यु भएको छ। लेखनाथ ४ खरानी फाँटमा पहिरोले दुई वटा घर पुरिँदा ४ जना बालबालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा १४ वर्षका निसान सुनार, १०  वर्षका रजिना सुनार, ८ वर्षका अन्जीला सुनार र ४  वर्षका सल्मान सुनार रहेको प्रहरीले जनाएको छ।

पहिरो आएको थाहा पाए पछि भाग्ने क्रममा माया सुनार र चन्द्रकला सुनार घाइते भएका छन्। त्यसै गरि लेखनाथ ६ सुनपदेलीमा पहिरोले घर पुरिँदा २ जना घाइते भएका छन् ।