भूकम्पपीडितलाई ८ लाख सम्म सहयोग : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने बताएका छन् ।   बिहीबार संसदमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने बताएका हुन् ।

उनले सम्बोधनमा  तीन लाख रुपैयाँ अनुदान, अर्को तीन लाख रुपैयाँ सामूहिक जमानीमा निर्व्याजी ऋण, र २ लाख रुपैयाँ सहुलियतपूर्ण व्याजमा ऋण उपलब्ध गराएर ८ लाख सहयोग गर्ने बताएका हुन्।   पदमा निर्बाचित भएपछि प्रधानमन्त्रीले पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गरेका हुन् ।