यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले नयाँ संविधानले  परिकल्पना गरे अनुरुपको भाषा आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले  डा. लवदेव अवस्थीको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको हो ।

लामोसमयसम्म शिक्षा मन्त्रालयमा कार्यरत अवस्थी केही समयअगाडि मात्रै सचिवमा बढुवा भएका थिए।  भाषा आयोगले मुलुक संघीयतामा गएपछि प्रत्येक प्रदेशमा सरकारी कामकाजको भाषाको मान्यता पाउन पूरा गर्नुपर्ने आधारहरुको निर्धारण गरी सरकार समक्ष भाषाको सिफारिस गर्नेछ ।

साथै मातृभाषाहरुको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताबारे सरकारलाई सुझाव दिने छ ।  त्यस्तै बैठकले भेनेजुयलामा हुने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा सहभागी हुन् उपराष्ट्रपति नन्दबहादुर पुन नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति दिएको छ । सम्मेलन आउँदो असोज १ र २ गते भेनेजुयलामा हुदैछ ।