त्रिशुलीमा खस्यो मालबहाक ट्रक

काठमाडौं । शुक्रबार बिहान एक मालबाहक ट्रक त्रिशुली नदीमा खसेको छ ।  बिहान करिब ११ बजे  पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन र मनकामनाबिचको सडकबाट  ट्रक त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

उद्दारका लागि सुरक्षाकर्मी त्यसतर्फ गएको छ । घटना भएको ठाउँ वरपर विस्कुट तथा चाउचाउ  छरिएको देखिन्छ  । ट्रक पुर्ण रुपमा त्रिशुलीमा नदीमा डुवेको कारण ट्रक देखिएको छैन । विस्तृत विवरण आउँन बाँकी छ ।