मन्त्रीको दबाबपछि प्राधिकरणका प्रमुखले दिए राजिनामा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर काफ्लेले पदबाट राजिनामा दिएको पत्र बुझाएका हुन् ।

उनले पछिल्लो राजनीतिक सहमति र बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै राजीनामा दिएको बताएका छन् । काफ्ले सुशील कोइराला नेतृत्वको सरकारको पालामा विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

बिहिबारको मन्त्रिपरिषद्को बैठकमा  काफ्लेको  कार्यसम्पादन मूल्यांकन कमजोर रहेको बिषयमा छलफल भएको थियो । यस अघि उर्जा मन्त्री जनादर्न शर्माले उनलाई राजिनामा दिन दबाब दिएका थिए । काफ्लेको पदावधी अझै एक वर्ष बाँकी थियो ।