अर्थमन्त्री महरा दोश्रो पटक चीन जाँदै

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा चीनको स्वसाशित क्षेत्र तिब्बत जाने भएका छन। चीनिया राष्ट्रपति सिजिनपिङको नेपाल भ्रमण स्थगन  बारे जानकारी लिनका लागि महरा आज तिब्बत जान लागेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार महरा एक दिने भ्रमणका लागी चीन जान लागेका हुन। उनले उक्त भ्रमणमा चिनिया कम्युनिस्ट पार्टीका स्थानीय नेता तथा सरकारी पदाधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।  पछिल्लो पटक चीनिया राष्ट्रपती  सिजिनपिङको नेपाल भ्रमण नेपालमा चाँसोको बिषय बनेको छ। केहि दिन अघि मात्र सरकारले विज्ञप्ती जारी गरेरै  चिनिया राष्ट्रपतीको नेपाल भ्रमण स्थगित नभएको जनाएको थियो।

चीन र भारतसंग संतुलित सम्बन्ध बनाउन तिब्र रुपमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहालको छिमेक नीतिका लागी पनि चिनिया राष्ट्रपतिको नेपाल भ्रमणले धेरै अर्थ राख्ने राजनीतिक विश्लेषक पुण्य गौतमले बताए ।