तीन वटा विधयेक पारित

काठमाडौँ । व्यवस्थापिका–संसद्को आइतबारको बैठकले तीन वटा विधेयक पारित गरेको छ । संसदले आइतबार न्याय सेवा आयोग विधेयक, २०७३, ‘न्याय परिषद् विधेयक २०७३’ र ‘न्याय प्रशासन विधेयक, २०७३’ बहुमतले पारित गरेको हो ।

यी विधेयकलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसदमा प्रस्तुत गर्नुभएको थियो । विधेयक पारित भएसँगै सरकारलाई संविधानअनुसार उच्च अदालत गठनको बाटो खुलेको छ ।