यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको  बैठकले तीन सदस्य नियुक्त गरेको हो।  बैठकले स्वर्णिम वाग्ले, डा. प्रभू बुढाथोकी र हिरण्यमान मानन्धरलाई आयोगको सदस्य नियुक्त गरेको हो ।   त्यस्तै बैठकले सचिवहरुको व्यपाक सरुवा गरेको छ ।

बैठकले १२ जना सचिवहरुको सरुवा गरेको हो । सचिव शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन, गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोग, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट रक्षा, लक्ष्मणप्रसाद मैनालीलाई युवा तथा खेलकूदबाट श्रम तथा रोजगार, मधु रेग्मीलाई महिला बालबालिका तथा समाज कल्याणबाट लोक सेवा आयोग, विष्णुप्रसाद लम्साललाई श्रम तथा रोजगारबाट महिला, बालबालिका तथा समाज कल्याण, महेश कुमार दाहाललाई रक्षाबाट युवा तथा खेलकूद, अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा यातायातबाट नेपाल ट्रष्ट, धनबहादुर तामाङलाई जल तथा उर्जा आयोगबाट भौतिक पूर्वाधार तथा यातायात, भीमप्रसाद उपाध्यायलाई नेपाल ट्रष्टको कार्यालयबाट जल तथा उर्जा आयोग र प्रेमकुमार राईलाई पयर्टन तथा नागरिकबाट आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ ।

बैठकले शहरी विकास मन्त्रालयले प्रस्ताव गरेको भवन आचारसंहिता लागु गर्ने निर्णय समेत गरेको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको राजीनामा स्वीकृत गरेको छ ।