आज दिनभर वर्षा हुने, महाकाली र कोशीमा पानीको सतह खतराको संकेत भन्दा माथि

काठमाडौँ  । आज काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बर्षा भई रहेको छ । सोमबार दिनभरी नै पानि पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी र मध्य क्षेत्रमा बढी वर्षा हुने छ  ।

मनसुनी वायु सक्रिय भएको तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको र भारतमा न्युनचापीय क्षेत्र विकास भएकाले भारी वर्षा भएको हो  ।   अझै केही दिन यसैगरी पानी पर्ने महाशाखाले जनाएको छ  ।

उता लगातारको  वर्षाका कारण महाकाली र कोशी नदीमा पानीको सतह खतराको संकेत भन्दा माथि पुगेको छ ।  महाशाखाले भारी वर्षाको साथ साथ बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । देशका मुख्य नदीमा यतिबेला पानीको सतह कस्तो छ भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।