प्रचण्डको भारत भ्रमणको औचित्य छैनः कमल थापा

काठमाडौँ  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण औचित्यहीन भएको बताएका छन् ।

मिडिया नेपाल बाँकेद्वारा सोमवार नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले भ्रमणबारे आफुहरुसँग कुनै सुझाव सल्लाह नलिएको जनाउँदै औचित्यहीन भ्रमणका लागि राप्रपा नेपालको कुनै सुझाव सल्लाह नरहेको बताए ।

उनले प्रचण्डको औचित्यहीन भ्रमणमा राप्रपा नेपालले प्रतिनिधी नपठाउने निर्णय गरेको बताएका छन् । ‘प्रधानमन्त्रीकारुपमा केपी ओलीले भारत भ्रमण गरेको ६ महिना नपुग्दै अहिले फेरि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको के औचित्य हो ? हामीले बुुझ्न सकेनौं’, उनले भने ।