परराष्ट्र मन्त्री महत र विदेश मन्त्री स्वराजबिच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबिच सोमबार भेटवार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला हुने भनिएका सम्झौता र छलफलका बारेमा द्विपक्षीय कुराकानी भएको बुझिएको छ । भेटवार्ता प्रधानमन्त्री दाहालको आसन्न भ्रमणमा केन्द्रित रहेको छ ।