कक्षा १२ को नतिजा सार्वजनिक, ४८.१७ प्रतिशत विद्यार्थी उतिर्ण

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षाफल सार्वजनिक गरेको छ ।  नतिजा अनुसार नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।

नियमिततर्फ परिक्षामा एक लाख ७५ हजार ५ सय ९३ विद्यार्थी सहभागी थिए भने ८४ हजार ५ सय ९३ बिद्यार्थी उतिर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परिक्षा दिएकोमा ४८ हजार ७ सय ६३ जना उतिर्ण भएका छन् ।