परराष्ट्रमन्त्री महत चढेकाे नेपाल एयरलाइन्सको विमान ठूलाे दुर्घटनाबाट जाेगियाे

काठमाडौं । नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ठुलो दुर्घटनाबाट जोगिएको छ । भारतको नयाँदिल्लीबाट नेपालका लागि उडेको विमान दिउँसो १२ बजेर ४० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको वतार्इएकाे छ ।

साे विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको छ । विमानमा रहेका यात्रुहरु भने सुरक्षित छन् । आर ए २०६ विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले जनाएको छ । विमानमा भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री प्रकाशशरण महत  थिए ।