जग्गा विवादमा भाईबुहारीको हत्या

पर्सा, २९ भदौ । पर्साको बसडिल्वा–६ का ५१ वर्षिय प्रभु महतोले छुराले हानेर भाइ रुदल महतोका ४० वर्षिय श्रीमती चुनिया देवीको हत्या गरेका छन् । हत्याकाेआरोपमा प्रहरीले उनीलार्इ पक्राउ गरेको छ । दाजुभाइबिच जग्गाको विषयमा विवाद भएको कारण  जेठाजु प्रभुले भदौ ९ गते बुहारी चुनिया देवीको पेटमा छुरा प्रहार गरेका थिए भने छुरा प्रहारबाट गम्भीर घाइते भएकी चुनियाको उपचारको क्रममा  मृत्यू भएको छ ।

घटना भएपछि परिवारका सदस्य र आफन्तले उनको पोष्टमार्टम नै नगरी दाहसंस्कार गरेका थिए । प्रहरीले चुनिया देवीको दाहसंस्कार गरिएको समाचार मंगलबार मात्र थाहा पाएको पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबु श्रेष्ठले बताए । सूचना पाए लगत्तै प्रभुलाई पक्राउ गरिएको हाे । हाल प्रभुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।