नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडाैमा सुरु

काठमाडाै, २९ भदौ ।  नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडाैमा सुरु हुँदैछ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त महाधिवेशन ३१ गतेसम्म चल्नेछ ।mahila-sang

महाधिवेशनको तयारीअनुसार  जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भएर महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघकी अध्यक्ष डा डीला संग्रौलाले बताएकी छिन् । महाधिवेशन अन्तर्गत आगामी निर्वाचन प्रान्तीय संरचना अनुसार ५१ सदस्यीयको हुनेछ । निर्वाचन विद्युतीय मतदान मेसिनबाट हुने आयोजकले जानकारी दिएकाे छ ।

उता पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले प्यानल बनाएर उमेदवारी दिने भएका छन् । नेता कृष्ण सिटौला समूहको संस्थापन पक्षसँग सहकार्य गरेको छ । अध्यक्षमा उमा रेग्मी अधिकारी र महासचिवमा धना खतिवडालाई उम्मेदवार बनाइएको छ । रामचन्द्र पौडेल समूहले पूर्व अध्यक्ष मीना पाण्डेलाई उम्मेद्वार बनाएको छ । पौडेल समूहले मंगलबार विहान भेला गरेर उम्मेदवार घोषणा गरेको थियो । पाण्डे पनि पूर्व अध्यक्ष हुन् ।

महाधिवशेनमा मुलुकभरबाट आउने करिब दुई हजार २०० जना प्रतिनिधि सहभागी हुँदैछन् । त्यसमध्ये १० जना विभिन्न देशबाट प्रतिनिधित्व गरी अाउनेक्रम जारी छ ।