तरुण दलको महाधिवेशन सर्याे

काठमाडौं । नेपाल तरुण दलको चौथो राष्ट्रिय महाधिवेशन कार्तिक २७ देखि २९ सम्म पोखरामा हुने भएको छ । यहि असोज ३ देखि ५ सम्म हुने  महाधिवेशन तयारी नपुगेका कारण महाधिवेशन निर्देशन समितिले करिव २ महिना पछि सारेको छ ।
निर्देशन समितिका संयोजक तथा रक्षामन्त्री बालकृष्ण खाँणको सरकारी निवासमा भएको वैठकले सर्वसम्मत रुपमा महाधिवेशन पछि सार्ने निर्णय गरेकाे हाे ।  तोकिएको नयाँ मितिमा महाधिवेशन गर्न वर्तमान कार्यमसितिलाई नै निर्देशन दिएको निर्देशन समितिका सदस्य उमाकान्त चौधरीले वताए ।

समितिले तरुण दलको जिल्ला अधिवेशन कार्तिक १० भित्र गरिसक्न पनि निर्देशन समितिले सर्वसम्मत रुपमा दिएको हो ।
कार्तिक १० गते तरुण दलको स्थापना दिवसको अवसर पारेर महाधिवेशन गर्ने प्रस्ताव भएकाे थियाे तर महाधिवेशन लम्विए तिहारको मुख्य दिनमा महाधिवेशनस्थलमै रहनुपर्ने आउनसक्ने अवस्था थियाे । त्यसकारण तिहार तथा छठपछि सारिएको हो।