नेपाल तरुण दल पर्साको अधिवेशन वीरगंजमा शुरु

वीरगंज  । नेपाल तरुणदल पर्साको चौथो अधिवेशन आज वीरगंजमा शुरु भएको छ । वीरगंजको नगरसभा गृहमा शुरु भएको अधिवेशनको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्वमन्त्री अजय चौरसिया र तरुण दलका केन्द्रिय अध्यक्ष्ँ उदय शमशेर जबराले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले सिमाङकनको विवादलाई समाधान गरेर जनभावना अनुरुप गाउ“पालिका र नगरपालिकाको संख्या बढाउन कांग्रेस लागि परेको बताउनुभयो ।

उहा“ले आगामी दिनमा तरुण दल सशक्त रुपमा पर्सामा उत्रिनु पर्ने कुरामा जोड दिदै नेपाली कांग्रेस अब तरुण युवाहरुको हातमा रहेको कुरामा जोड दिनुभयो । त्यसैगरी तरुण दलका केन्द्रिय अध्यक्ष तथा सांसद उदय शम्शेर जबराले तरुण युवाहरुलाई एकबद्ध बनाउ“दै ऐतिहासिक रुपमा महाधिवेशन सम्पन्न गर्न आफुहरु लागेको बताउ“दै मधेशमा उत्पन्न समस्या समाधानका लागि कांग्रेस क्रियाशिल रहेको कुरामा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व सांसद अजय द्विवेदीले नेपाली कांग्रेसका नेताहरुको राजनिति सिफारिसको खेलमा अल्झिएकोमा दुःख व्यक्त गर्दै पार्टीलाई सशक्त रुपमा अगाडी बढाउन युवाहरुको भूमिका प्रभावकारी हुनु पर्ने कुरामा जोडदिनुभयो ।उहा“ले युवाहरुलाई प्रयोग मात्रै होईन रोजगारी पनि दिनु पर्ने भन्दै बन्द रहेको वीरगंज चिनी कारखाना लगायतका उद्योगहरु संचालनमा ल्याउन कांग्रेसले पहल गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाल तरुण दल पर्साका अध्यक्ष विरेन्द्र पटेलको सभापतित्वमा भएको उदघाटन समारोहमा नेपाली कांग्रेस पर्साका पुर्व सभापति अजय द्विवेदी, पुर्व सभासदहरु ओमप्रकाश शर्मा, रामेश्वर रौनियार, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु नविन सिंह, जन्मजय तिमिल्सिला, रमेश खरेल, कांग्रेसका नेताहरु राजकृष्ण अमात्य, शम्भु चौहान, श्याम पटेल, शहरुम राउत गद्दी, क्षेत्रिय सभापतिहरु विजय सर्राफ, अरविन्द गुप्ता, रमेश पाण्डे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य नेपाल तरुण दलका पुर्व केन्द्रिय सचिव राधेश्याम चौरसियाले गर्नु भएको थियो भने संचालन नेविसंघका केन्द्रिय सदस्य सुधिर पटेलले गरेका थिए । नेपाल तरुणदल पर्साको अधिवेशनको उद्घाटन सत्र पछि सर्वसम्मत रुपमा नया“ नेतृत्व चयनका लागि बन्द सत्र एक साताका लागि स्थगित गरिएको छ । उद्घाटन सत्रलाई समापन गर्दै अध्यक्ष विरेन्द्र पटेलले एक साता भित्र नया“ नेतृत्व चयन भई सक्ने बताउनुभयो ।