महिला संघ चुनाव ९.३० बाट सुरु

काठमाडौं । नेपाल महिला संघमा मनोनित सदस्यले उम्मेदवार बन्न नपाउने सम्बन्धी विवाद समाधान भएपछि ९.३० बाट मतदान सुरु हुँदैछ ।  निर्वाचन समितिका संयोजक यदुनाथ खनालले मतदानकाे जानकारी दिएका छन् ।  केहिबेरमा हुने चुनावका  लागि बिहानैदेखि तयारी थालिएको हो ।

मतदान विद्युतीय मेसिनमा हुने भएकाले पनि छिट्टै सकिने र रातिसम्मै मतपरिणाम  अाउने खनालले वताएका छन् । दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तोकिए पनि लाइनमा बसेकाले त्यसपछि पनि मतदान गर्न पाउने उनले बताए । ‍यसपाली २११२ महाधिवेशन प्रतिनिधिले चुनावमा भाग लिंदैछन् ।

त्यस्तै  काँग्रेस सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानल तयार भएकाे छ । अध्यक्षमा उमा रेग्मी तथा महासचिवमा धना खतिवडा प्रतिस्पर्धामा छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट मीना पाण्डे नेतृत्वको टिम चुनावी मैदानमा रहेकाे छ ।