प्रधानमन्त्री दाहाललार्इ भारतमा राजकीय सम्मान

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतमा राजकीय सम्मान दिइएको छ । भारत भ्रमणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्रीलाई अाज बिहान गार्ड अफ अनर प्रदान गरिएको हो । प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे । चार दिने भ्रमणका क्रममा हिजाे दिल्ली पुगेका प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।