प्रधानमन्त्री दाहाल हैदराबाद हाउसमा

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री दाहाल मोदीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री कार्यालय हैदराबाद हाउस पुगिसकेका छन् । हैदराबाद हाउसको डेकन स्विटमा दुई देशको प्रतिनिधि मण्डलको बैठक हुने जानकारी प्राप्त भएकाे छ ।

शुक्रबार दुई देशका सरकार प्रमुखबीच आपसी सम्बन्ध सुधारका साथै नेपालको विकास निर्माण कार्यमा विगतमा दुई देशबीच भएका सम्झौताको कार्यान्वयनबारे छलफल र सम्झौता हुनेछ । प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी तथा सरकारका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएकाे छ ।

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी मोदीको निमन्त्रणामा चारदिने राजकीय भारत भ्रमणका लागि हिजाे दिल्ली पुगेका थिए । प्रधानमन्त्री दाहाललाई भारतले राजकीय सम्मान दिएको छ ।