बाहुन पत्रकारको चर्चा, प्रचण्डले ‘एकै जातका पत्रकार’ दिल्ली लगेको भन्दै अमरेशको आपत्ति !

काठमाडाै । काँग्रेस सांसद अमरेश सिंहले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा २८ जना पत्रकार  गराउँदा लगेका थिए । सबै एउटै जात र थरका पारिएको भन्दै राष्ट्रिय हितमा कसरी एकमत हुन्छ भनी तर्क गरेका थिए । अमरेश त्यसो भनेलगत्तै  नेपाली कांग्रेसका नेता आनन्द ढुंगानाले व्यंग्य गर्दै भने-दिल्ली जाने सबै पत्रकार दाहालै दाहाल परेछन् कि के हो ? त्यस क्रममा सांसदहरुबीच हाँसो गुन्जिएकाे थियो ।

लेखक खगेन्द्र संग्रौलाले ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा २ जना बाहेक सबै बाहुन पत्रकार लगिएको भन्दै व्यंग्य गरेका थिए । अमरेशले त्यसैलाई आधार बनाएर समिति बैठकमा कुरा उठाएकाे बुझिएकाे छ ।