महिला संघमा उमा रेग्मी प्यानल विजयी

काठमाडौं । नेपाल महिला संघमा उमा रेग्मी प्यानल नै विजयी भएकाे छ । नेपाल महिला संघको नेतृत्वका लागि तेस्रो महाधिवेशनमा भएको मतदानमा सभापति शेर बहादुर देउवा तथा नेता कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल बिजयी भएको हाे । पत्रकार सिर्जना अर्यालका अनुसार अनुसार कूल १८१४ मत खसेको छ । कुल ५६ जनाको लागि भएको निर्वाचनमा उमा र धनाको प्यानल विजयी भएको छ । bijai-1bijai-2bijai-3bijai-4

त्यस्तै अध्यक्षमा निर्वाचित उमा रेग्मीले ९९८ र प्रत्यासी मिना पाण्डेले ७९६ मत ल्याएका छन् । महासचिवमा विजयी धना खतिवडाले ९६८ तथा प्रत्यासी गोमा केसीले ७७६ मत ल्याएकी छन् । यससँगै कोषाध्यक्षमा विजयी भएकी जानकी सिंहले ९११ मत ल्याएकी छिन् । यसरी भएकाे निर्वाचनमा उमा र धनाको संयुक्त प्यानलमा देउवा पक्षको ३३ र सिटौला समुहका २३ जना निर्वाचित भएका छन् ।

निर्वाचित र प्रत्यासीहरुले पाएको मत यहाँ प्रस्तुत छ ।