म्यानचेष्टर युनाइटेडको खराब शुरुवात

काठमाडौँ । युरोपा लिग अन्तर्गतको खेलमा म्यानचेष्टर युनाइटेडले खराब शुरवात गरेको छ। गए राती भएको खेलमा म्यानचेष्टर यू नाइटेड फेयनूरुड क्लवसँग १-० ले पराजित हुन पुगेको छ।  युरोपा लिगमा तुलनात्मक रुपमा कमजोर मानिएको टोलिसंग म्यान युले लज्जास्पद हार बेहोरेको छ ।

पाएको अवसरको सदुपयोग गर्न नसक्दा म्यानयुले खराब शुरवात गर्न पुगेको छ। फेयनूरुडको जितका लागि टोनी भियना नायक भए। स्ट्राइकर निकोलाई जोगर्सनले दिएको क्रस पासको सदुपयोग गर्दै उनले गोल गरे । ७९ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक भयो ।   यता हिलो हाफमा पाएका आठ वटा र दोस्रो हाफमा स्टार स्ट्राइकर जाल्टान इब्राहिमोबिचले पनि पाएका केही मौकालाई गोलमा परिणत गर्न नसक्दा म्याचेष्टर पराजित भयो ।

हारपछि प्रतिक्रिया दिदै म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे माहुरिन्होले गए रातीको खेलमा पराजित भएपनि अबका दिनमा सम्हालिएर खेल्न सके जित सहज हुने बताए ।