शान्ति स्थापना गर्न अहिंसात्मक उपायको अवलम्वन गर्नु आवश्यक

माधव अधिकारी 

काठमाडौँ  । मुलुकमा न्याय र शान्ति स्थापना गर्न अहिंसात्मक उपायको अवलम्वन गर्नु आवश्यक रहेकोमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । शान्तिका लागि साझा अभियान (कोक्याप)को आयोजनामा सम्पन्न प्रभावकारी अहिंसात्मक विरोध ः एक प्रयोगात्मक विषयक कार्यशालाका सहभागीले सो कुरा बताएका हुन् । कार्यक्रममा वार रेसिस्टर्स इन्टरनेशनलका अहिंसा अभ्यासकर्ता सुवास चन्द्र कट्टेलले अहिंसाका प्रयोगात्मक र सैद्धान्तिक जानकारी दिएका थिए ।उनले अहिंसाको परिभाषा,महत्व र परिभाषा,शान्तिपूर्ण विरोध प्रदर्शनका व्यक्तिगत ,राजनैतिक र रचनात्मक उपाय,अहिंसा दर्शन लगायतका विषयमा सहभागीलाई जानकारी दिएका थिए ।

कोक्याप स्वयंसेवी कोर ग्रुपका संयोजक देवेन्द्र रसाइलीको सभापतित्वमा सम्पन्न समारोहको सञ्चालन केन्द्रीय सदस्य पूर्ण दर्नालले गरेका थिए ।कार्यक्रममा कोक्याप आवद्ध तीस जना स्वयंसेवकको सहभागिता रहेको थियो ।