प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कदै छन्  । भारतको चारदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री दाहाल उनी आज स्वदेश फर्कन लागेका हुन् । आज प्रधानमन्त्रीले भारतीय योग गुरु रामदेवको पतन्जली योग पीठको भ्रमण मात्र गर्ने कार्यक्रम छ । त्यस पछि उनी सिधै  इन्धिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थल जाने छन्।

भारत भ्रमणमा रहंदा प्रधानमन्त्रीले भारतसँग हुलाकी राजमार्ग तथा भूकम्पपछिको पुननिर्माणमा भारतीय अनुदानको सहयोगलगायत तीन बुँदे सम्झौता गरेका थिए । साथै २५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपतिप्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, गृहमनत्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेटवार्ता गरेका थिए । भारत सरकारले प्रधानमन्त्री राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा गार्ड अफ अनर’ प्रदान गरेको थियो ।