सभामुख घर्ती आज चीन जाँदै

काठमाडौँ । सभामुख ओनसरी घर्ती साताव्यापी भ्रमणको आज चीन जाँदै छिन् । चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार विभागको निमन्त्रणामा सभामुख घर्ती नेतृत्वको आठ सदस्यीय टोली चीन भ्रमणमा जान लागेको हो । टोलीमा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, माओवादी केन्द्रका नेता वर्षमान पुन, सभामुखका स्वकीय सचिव बाबुलाल पुन, उपसचिव सुरज दुरा, कानुनी सल्लाहकार दिनमणि पोखरेल तथा दुई सुरक्षाकर्मी छन् ।

चीनको गेन्स प्रान्तमा आयोजना हुने सिल्करोडसम्बन्धी कार्यक्रममा भाग लिन टोली त्यहाँ जान लागेको हो । भ्रमणको क्रममा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चपदस्थ अधिकारीसँग पनि भेटघाट गर्ने छ  ।  संविधान दिवसका अवसरमा साँझको चियापान कार्यक्रमपछि टोली त्यस तर्फ प्रस्थान गर्ने छ  ।