‘एकतिरको सम्बन्धले अर्को सम्बन्धमा असर पर्दैन’- प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने औपचारिक भारत भ्रमणपछि आज स्वदेश फर्केका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले आफ्नो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन।

प्रधानमन्त्रीले भारत र चीनसँग नेपालको सम्बन्धको आयाम फरक भएकाले भारतसँगको सम्बन्धले चीनसँग दूरी नबढ्ने बताए। ‘भारत–नेपाल र चीन–नेपालको सम्बन्धको आयाम फरक फरक छन्’, प्रधानमन्त्रीले भने, ‘एकतिरको सम्बन्धले अर्को सम्बन्धमा असर पर्दैन ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण सफल भएको बताए। भ्रमणपछि दुवै देशका प्रधानमन्त्रीले २५ बुँदे बक्तव्य जारी गरेका थिए।

वक्तव्यको १० नम्बर बुँदामा राखिएको नेपालको संविधान संशोधनको बिषयमा प्रष्टीकरण दिंदै प्रधानमन्त्रीले संसारभरीको प्रचलनको आधारमा बुँदा राखिएको स्पष्ट पारेका थिए। आफ्नो भ्रमणको क्रममा भारतको सहयोगमा बन्न लागेका पुरानै परियोजनाको काम अघि बढाउन जोड दिइएको प्रधानमन्त्रीले जानकारी दिए ।