साझा यातायातका ३० बस आज आइपुग्ने

काठमाडौँ  । काठमाडौ महानगरपालिकाको १० करोड रुपैयाको लगानीमा ल्याउने भनिएका ३० वटा यात्रुबहाक बस सोमबार आइपुग्ने भएका छन ।

साझा यातायातले अहिले काठमाडौं उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ । नयाँ ल्याइएका बस केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्की भक्तपुर, गोदावरी रत्नपार्क, बालाजु ठमेल हुँदै त्रिभुवन विमानस्थलमा सञ्चालन गर्ने तयारी छ ।

तर बस भने दसैँपछि मात्र चल्ने छन  । प्राविधिक जाँच, रुट इजाजत, कर्मचारी ब्यवस्थापन लगायतका काम गर्नुपर्ने भएकाले दसैँअघि बस सञ्चालन गर्न नसकिने साझा यातायात प्रालिले जनाएको छ ।