पहिरोमा परी एकै परिवारका चारको मृत्यु

काठमाडौँ  ।  बागलुङको बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको पहिरोमा परी मृत्यु भएको छ।

गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र नौ वर्षीया छोरी मायादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठूलो ढुङ्गासहित खसेको पहिरोले रोकाको घर पूर्णरुपमा क्षति भएको जनाइएको छ ।