नेपाल औषधि लिमिटेड पुन: सञ्चालन हुने

काठमाडौँ । सरकारले २०६७ सालदेखि बन्द भएको नेपाल औषधि लिमिटेड पुन: सञ्चालनमा ल्याउने भएको छ।

तीन महिनाभित्र लिमिटेडले आठ प्रकारका औषधी उत्पादन गर्ने भएको छ। उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै प्रक्रिया पूरा गरेर तीन महिनाभित्रै आठ प्रकारका औषधी उत्पादन गर्ने जानकारी दिए।

उनका अनुसार प्रारम्भिक चरणमा सरकारी अनुदानमा जनतालाई नि:शुल्क दिइरहेका औषधिहरु सिटामोल, आइरन चक्की, जीवनजल, अल्वाजोल, एमोक्सोसिलिन, कफनास, एमजीट र कफहिस उत्पादन गर्नेछ।

मन्त्रिपरिषदको आइतबारको बैठकले सो उद्योगलाई पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो। २०२९ सालमा स्थापना भएको उद्योगले २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । प्रारम्भिक अवस्थामा सरकारले १५ करोड ६५ लाख ऋणस्वरुप लगानी गर्ने तयारी छ ।