गोविन्द केसीको अनसन तत्काललाई स्थगित

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले एक साताका लागि आफ्नो अनसन स्थगित गरेका छन् ।

केसीले आफूसँग भएको सम्झौता कार्यान्वयनका लागि सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएका थिए । आफ्नो माग कार्यान्यवन गर्ने प्रतिवद्धता पाएपछि अनसन स्थगित गरेको केसीले बताएका छन् ।

‘कार्यान्वयनका लागि थप केही समय दिन उचित हुने ठहर्‍याएकाले आज सुरु हुने भनिएको आमशरण अनशन कार्यक्रम एक हप्तापछिलाई सारेको जानकारी गराउँछु’, केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।